कलंकीमा एक महिलाकाे सुनकाे सिक्री लुटियाे, तामाङ पक्राउ

काठमाडाैं । काठमाडाैंकाे कलंकीमा चितवनकी मिरा रानाभाटकाे सुनकाे सिक्री लुट्ने एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख मिठ्ठु खड्काको नेतृत्वको टोलीले एक महिलाको डेढ तोलाको सुनको सिक्री लुटेर भाग्ने युवकलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सुनकोशी घर भई हाल ललितपुर बस्ने सुभाष तामाङ रहेका छन् । प्रहरीका अनुसार मिरा कलंकीमा हिँडिरहेका बेला उनले लगाएको सुनको सिक्री तामाङले लुटेर फरार भएका थिए ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

प्रतिक्रिया