बाइडेनको शपथ ग्रहणको पूर्वसन्ध्यामा उच्च सुरक्षा सतर्कता, हिंसा भड्किन सक्ने चिन्ता

एजेन्सी । नवनियुक्त राष्ट्रपति जो बाइडेनको शपथ ग्रहणअघि हिंसा भड्किन सक्ने भन्दै अमेरिकाको ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

शपथ ग्रहणको बेला सशस्त्र समूहको प्रदर्शन हुनसक्ने सम्भावना भएको भन्दै मुलुकभरका राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको बीबीसीले जनाएको हो ।

अहिले त्यहाँ बाइडेनको शपथ ग्रहणको तयारी भइरहेको छ । बाइडेनले आफूलाई सुरक्षा चुनौती भएको भन्दै राष्ट्रपति भवनबाहिरै शपथ ग्रहण गर्ने बताउँदै आएका छन् । उपराष्ट्रपति कमला ह्यारिसले पनि सँगै शपथ ग्रहण गर्ने बताइएको छ ।
यसअघि पनि अमेरिकी संसद् भवनमा हिंसात्मक घटना घटाइएको थियो । डोनल्ड ट्रम्पको समर्थकहरुले गरेको उक्त हिंसात्मक घटनामा ४ जनाभन्दा बढीले ज्यानसमेत गुमाउनु परेको थियो ।

सन् २०२० को अमेरिकी राष्ट्रपतिय चुनावमा बाइडेनसँग पराजित भएका ट्रम्पले आगामी २० जनवरीदेखि राष्ट्रपतिको जिम्मेवारीबाट बिदा लिँदैछन् ।

त्योभन्दा अगाडि केही दिन पहिले मात्रै ट्रम्पमाथि महाभियोग लगाइएको छ ।

प्रतिक्रिया