पीएसजी शीर्षस्थानमा उक्लियो

काठमाडौं । फ्रेन्च लिग वान अन्तर्गत पीएसजीले एन्जर्समाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले एन्जर्समाथि १-० गोल अन्तरको जित हासिल गरेको हो ।

पीएसजीको जितमा खेलको ७०औँ मिनेटमा लायिभिन कुर्जावाले गोल गरेका थिए । यस खेलमा पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई कोरोना संक्रमण भएका कारण आइसोलेसनमा रहेका उपलब्ध थिएनन् ।

यो जितपछि पिएसजी लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लियोनलाई २ अंकले उछिनेको हो । पीएसजीको २० खेलमा ४२ अंक भएको छ । त्यस्तै एन्जर्सको भने २० खेलमा ३० अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।

प्रतिक्रिया