‘इमान्दार राजनीतिज्ञ दाहाल, विध्वंसको अर्को नाम ओली’

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको एक चिरा नेकपाको नेतृत्व गरिरहेका माधवकुमार नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्तो इमान्दार नेता कोही नभएको बताएका छन् ।

आफू निकटको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्न दाङको घोराही पुगेका अध्यक्ष नेपालले त्यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै पछिल्लो समय निकट बनेका आफ्ना सारथी दाहालको प्रशंसा गरेका हुन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भनेका छन्, ‘प्रचण्डजस्तो व्यवहारमा इमान्दार कोही छैनन् । विध्वंसको अर्को नाम केपी ओली हो ।’ यस्तै अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग संयुक्त आन्दोलनमा जाने तयारी भइरहेको पनि बताएका छन्, ‘हामी प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त सडक संघर्ष गर्दैछौँ’, अध्यक्ष नेपालले भनेका छन्, ‘देउवासँगको भेटपछि यस्तो तयारी भएको हो ।’

केपी ओलीमा कुनै पनि नैतिकता नभएको बताएका अध्यक्ष नेपालले भनेका छन्, ‘केपी ओलीमा कुनै नैतिकता छैन । अहम्ता र तानाशाह प्रवृत्ति छ । दुई चार जना चोइटिएर जाँदैमा कुनै असर पर्दैन ।

प्रतिक्रिया