‘सीमासम्बन्धी वार्ता तत्कालै थालौँ’ भन्ने नेपालको प्रस्तावमा भारतले के भन्यो ?

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अहिले छिमेकी देश भारतको तीनदिने भ्रमणमा छन् । भ्रमणका क्रममा सीमा विवादलगायतका अन्य थुप्रै विषयमाथि छलफल हुने कायसूची नै थियो ।

तर, संयुक्त आयोगको बैठकमा सीमासम्बन्धी विषय भने मुख्य एजेण्डामा अट्न सकेन । सामान्य छलफल भएपनि त्यसबारे ठोस रुपमा केही ब्रिफिङ्ग र निर्णयहरु हुन सकेनन् ।

यद्यपि शुक्रबार दिउँसो मन्त्री ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा भने योबारे केही कुराकानी भएको थियो । समाचार स्रोतहरुका अुनसार मन्त्री ज्ञवालीले भेटमा सीमासम्बन्धीको बहस थालनी गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘यो विषयलाई धेरै लामो समय राख्नुहुन्न समाधान गर्नुपर्छ’ मन्त्री ज्ञवालीको प्रस्ताव थियो । तर, जयशंकले भने खासै ठोस उत्तर दिएनन् । जयशंकले भनेका थिए, ‘सीमासम्बन्धी केही संयन्त्रहरु छन् । छलफल गरौँ ।’

सीमासम्बन्धी समस्यालाई अपनत्व लिएर भारतले पनि समाधानको बाटो खोज्ने अपेक्षा लिएको नेपाल अन्ततः हिस्स भयो ।

यस अगाडि सन् २०१४ र त्यसपछिका संयुक्त आयोगको बैठकमा कालापानी र सुस्ताको विषय संयुक्त विज्ञप्तिमा नै उल्लेख गरिएको थियो । तर, अहिले सीमा विवाद गम्भीर र पेचिलो बन्दै जाँदा सीमा विवाद समाधान गर्ने प्रतिवद्धता भन्ने अमूर्त भाषा मात्र प्रयोग भएका छन् ।

प्रतिक्रिया