यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ ०३ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–तृतीया,०४ घडी ४६ पला,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–शतभिषा,अहोरात्र । योग–व्यातिपात,३५ घडी ०९ पला,बेलुकी ०९ बजेर ०९ मिनेट उप्रान्त वरियान । करण– गर,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त वणिज,बेलुकी ०९ बजेर ०३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २० पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १७ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखी मध्यान्ह १२ बजेर १४ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १५ मिनेटदेखी दिउसो १ बजेर ३३ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ३४ मिनेटदेखी दिउसो २ बजेर ५२ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ५३ मिनेटदेखी बेलुकी ४ बजेर ११ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर १२ मिनेटदेखी बेलुकी ७ बजेर ११ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रुपैया पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानी हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पती हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । परिवारका ईच्छाहरु पुरा गर्न सकिने हुनाले मनन प्रशन्न रहनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम गर्दा साबधानी अपनाउनु होला समय मध्ययम रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने भएपकिन बाटोमा दुःख हुन सक्छ ख्याल गर्नुहोला । पढाइ लेखाइमा मन जाने छैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि तत्काल फाईदा हुने सम्भावना कम रहेकोछ । माया प्रेममा सामान्य मनमुटाबको अवस्था सिर्जना हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा दिदि बहिनीसँग सामान्य विषयमा मनमुटाब बढ्नेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिती आउने छ । तपाईंको व्यक्तिगत दृष्टिकोण आजको दिन गलत हुन सक्छ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत हुनेछ । तरपनि प्रयत्न गर्दा आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा साथि भाईसँग रमाईलो यात्राको तय हुने तथा यात्राका क्रममा मिठा मिठा परिकारका स्वाद लिदै दिन कटाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुँदा भावना साटासाट गरी समय व्यातित गर्न सकिनेछ । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नोकरी तथा राजनीतिमा गरिने प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै चाहेको गन्तव्यमा पुग्न सकिनेछ । पढाइ लेखाइमा एक कदम अगाडी बढि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ भने थाति रहेका कामहरुलाई गती दिन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरु एक अर्कालाई बिस्वास गरि अगाडि बढ्न सक्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा लगानी गर्नको लागि केही समय कुर्नु नै राम्रो रहेकोछ । सन्तान तथा आफन्तसँग मनमुटाव सिर्जना हुन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखा पर्न सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तिय क्षेत्र शेयर बजारमा गरिने लागानीबाट भने सन्तोषजनक नाँफा कमाउन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुन सक्छ ध्यान दिनुहोला । तरपनि सवारी साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानी हुनेछ । खोजीमुलक क्षेत्रमा अली बढि नै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) छोटो तथा रमाईलो यात्राको तय हुनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुनसुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउदा मन प्रशन्न हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भबिस्यमा बिवाद सिर्जना हुन सक्छ । असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ ध्यान दिनुहोला । कामहरु समयमा नबन्नाले मानशिक तनाब बढ्नेछ । आफ्नो व्याक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) उद्योग धन्दा तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईँको नाम आउनेछ । माया प्रेम तथा पारिवारिक सुखका लागि समय अनुकुल रहनेछ । राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा सामान्य समस्या आउनेछ । व्यापारमा प्रशस्त समय दिदादिदै पनि मन्दिको सामना गर्नुपर्नेछ । महत्वकांक्षी योजनाहरु केही समयको लागी थाती राख्नुहोला । पुराना समस्याहरु बल्झने तथा थप समस्या थपिनेछन् । प्रेममा मनमुटाव बढ्ने तथा जीवन साथिसँग अबिस्वास बढ्ने योग रहेकोछ । तरपनि यात्रा हुने तथा विदेशी सामानको व्यापारमा सामान्य गतिमा बढ्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया