प्रधानमन्त्रीकप २०७७ क्रिकेट डिशहोमकाे प्रत्यक्ष प्रशारण

काठमाडाैं । डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (CAN) द्वारा आयोजित पीएम कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको हाे ।

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा माघ २ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

माघ १७ गते सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् ।

त्यस्तै समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई-दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुनेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि एक्सन स्पाेर्टसले प्रत्यक्ष प्रसारण गरेको थियो । दुवै प्रतियोगिता डिशमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ ।

यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिताको पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

प्रतिक्रिया