सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज राजधानीमा सात वटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका हुन् ।

केन्द्रले रन्तर संघर्ष गर्दै फरक–फरक पृष्ठभुमिबाट आएका ७ वटा पार्टी एकता पछि ‘पुनर्गठित ने.क.पा (माओवादी केन्द्र)’ घोषणा भएको जानकारी दिएको हो । नयाँ घोषणा भएको पार्टीको अध्यक्षमा भविसोर पराजुली रहने जानकारी गराइएको छ ।

कार्यक्रममा पुनर्गठित ने.क.पा (माओवादी केन्द) का अध्यक्ष भविसोर पराजुलीले कम्युनिस्टहरुबीच विभाजन आइरहँदा एकता अभियान शुरु गरेको बताए । उनले सच्चा कम्युनिष्टहरुबीचको एकता अभियान चलेको भन्दै धुव्रिकरणले गतिलिने बताए । उनले माओवादी आन्दोलनको इतिहास भावना र विचारलाई निरन्तरतादिने बताए । उनले भने, ‘तत्कालिन माओवादी केन्द्रलाई पुनर्गठित गरेर पुनर्गठित ने.क.पा (माओवादी केन्द) गठन गरेर यहाँसम्म आएका छौँ ।’

कार्यक्रममा वामपन्थी नेता दल विर विश्वकर्माले एकता घोषणालाई ऐतिहासिक दिन भएको बताए । उनले भने, ‘अहिले देशको राजनिति परिस्थितीको अवस्था सबै नेपालीले बुझिसकेका छन् ।’ उनले सबै नेपाली राष्ट्र निर्माण गर्ने कुरामा सजग र सचेत हुनुपर्नेमा जोड दिए । उनले आफ्नो पार्टीले राष्ट्र निर्माण गरेर उद्देश्य सफल बनाउने जिकिर गरे ।

पुनर्गठित ने.क.पा (माओवादी केन्द) का सल्लाहकार विनोद आचार्यले सात पार्टीबाट नेपालको भविष्य राम्रो बनाउने विश्वास गरे । उनले भने, ‘नेपाललाई समाजवादी नीतिबाट देशका कुनै पनि नागरिकले काम खोज्न विश्वका कुनै पनि स्थानमा जान नपरोस् ।’ आचार्यले नेपालीले नै नेपाल बनाउने कामना समेत गरे । कार्यक्रमको संचालन बालकृष्ण लम्सालले गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (गणतान्त्रिक), नयाँ नेपाल राष्ट्रिय पार्टी, नेपाल श्रमजीवि पार्टी, ने.क.पा (माक्र्सवादी), पुर्व जनमुक्ति सेना एकता पार्टी र थारु राष्ट्रिय मुक्तिमोर्चाबीच पार्टीगत एकता भएको हो । पार्टी एकतामा सैद्धान्तिक, राजनितिक तथा संगठनात्मक विषयमा खुला र मैत्रीपुर्ण विचारधारात्मक छलफल गर्दै सम्मानजनक समायोजन र व्यवस्थापन गर्ने सहमति भएको छ ।

प्रतिक्रिया