४८ बर्षमा बेहुलो बन्दै प्रदेश १ का मुख्यमन्त्री राई
२०७७ माघ २ गते

|प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई। Photo : File|
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह निश्चित भएको छ ।
४८ बर्षिय मुख्यमन्त्री राईले काठमाडौँ बस्दै आएकी शेर्पा थरकी युवतीसँग यही माघ ११ गते विवाह हुने तय भएको मुख्यमन्त्री राईको सचिवालयले जानकारी दिएको हो ।
मुख्यमन्त्री राई विवाहको तयारीमा अहिले काठमाडौमा छन् । उनको विवाह हतारमा हुन लागेको जानकारी सचिवालयका एक सदस्यले दिए । काठमाडौमा विवाह गर्ने भएपनि बिराटनगरमा विवाह भोजको आयोजना गर्ने तयारी छ ।
नेकपा विभाजपछि मुख्यमन्त्री राईमाथि अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । प्रस्ताबमाथि माघ ७ गतेबाट शुरु हुने प्रदेशसभामा छलफल हुनेछ ।
२०७७ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित









