सरकारले सार्वजनिक गर्‍यो ‘नागरिक एप’

काठमाडौं । सरकारले नागरिकहरुका लागि मोबाइल एप सार्वजनिक गरेको छ । सरकारले डिजिटल सेवा उपलब्ध रहेका एप सार्वजनिक गरेको हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘सरकारी निकायहरुले प्रयोगमा ल्याएका एप्सहरुलाई एकीकृत तथा अन्तर आवद्ध गरी सरकारी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री तथा सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइनेछ’ भन्ने उल्लेख छ ।

सूचना र सञ्चावर प्रविधि क्षेत्रमा भइरहेको तीव्र प्रविधिको उपयोग गरी ज्ञान तथा सूचनामा आधारित समाज तर्फ रुपान्तर गर्न नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्कको परिकल्पना गरे बमोजिम नागरिक मैत्री सेवा प्रवाह गर्न यो एप तयार पारिएको बताइएको छ ।

प्रतिक्रिया