न्यूजिल्याण्डमा यसरी मनाइयो माघेसंक्रान्ति [तस्वीरहरु]

काठमाडौं । न्यूजिल्याण्डको दक्षिणी भेगमा बस्ने मगरहरुले भव्यताका साथ माघेसंक्रान्ति मनाएका छन् ।

साउथ आइल्याण्ड मगर कम्यूनिटीले औपचारिक कार्यक्रम नै गरेर माघेसंक्रान्ति भव्यताका साथ मनाएको त्यहाँस्थित व्यवसाय [कान्तिपुर न्यूजिल्याण्ड] गरिरहेकी आस्मा लुइटेलले जानकारी दिइन् । ड्रम्मोन्ड ओरेटी रोडमा आफ्नो संस्कृतिलाई जगेर्ना गर्ने मूल उद्देश्य राखी आयोजना गरिएको कार्यक्रममा मगर संस्कृतिका खास भोजनसमेत प्रदर्शन गरिएको आस्माले जानकारी दिइन् ।

उनले भनिन्, ‘एक जना नेपालीले जहाँ गए पनि आफ्नो संस्कार संस्कृतिलाई भुल्दोरहनेछ भन्ने प्रमाण पनि हो यो कार्यक्रम । यहाँ बसोबास गर्ने मगर समुदायले विशेष रुपमा माघेसंक्रान्ति मनाएका छन् । साथमा हामी पनि जोडिएका छौँ । मगर समुदायसँग हामी जोडिनु भनेको पनि सबै नेपालीको मन एकै हुनु र एक नेपालीलाई अर्को नेपालीले साथ दिनु हो ।’

कार्यक्रमा करिब २०० भन्दा बढी नेपालीहरुको सहभागिता रहेको थियो । मगर समुदायले हरेक पर्वहरुलाई यसैगरी मनाउने गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया