पुनर्बीमा कम्पनीको पाँचौँ साधारण सभा सम्पन्न

काठमाडाैं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

पुस २९ मा काठमाडाैंकाे कार्की ब्याङक्वेटमा सम्पन्न साधारण सभाले एकजना संस्थापक सञ्चालक र एकजना सर्वसाधारण सञ्चालक समेत चयन गरेको छ ।

सभाले आ.ब. २०७५/०७६ को संचालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रदिवेदनसहितको २०७६ आसाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आ.ब. २०७५/०७६ को नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।

साधारण सभाले आ.व. २०७६/०७७ मा लेखा परिक्षण गर्न श्याम कार्की एण्ड कं. चार्टर्ड एकाउन्टेन्टलाई पुन: नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

साथै, नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट डा. डिल्लिराज अर्याल तथा नियमावलीको नियम २७ को उपनियम (२) (ङ) अनुसार सर्वसाधारण शेयरधनीहरुबाट नवराज भण्डारीलाई निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले संचालक समितिको निर्णण बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गरेको छ । सभाले कम्पनीको प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया