मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

खोप किन्न चन्दा माग्ने, अरबौं खर्चेर चुनाव गर्ने ?

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार जनताको जीवन रक्षा गर्ने दायित्वलाई बिर्सिएर चुनाव घोषणामा अल्मलिएको टिप्पणी गरेका छन् ।

प्रवक्ता शर्माले ट्वीट गर्दै खोपका लागि सार्वजनिक रुपमा चन्दा माग्ने सरकार अरबौं रुपैयाँ खर्च हुने चुनाव गर्ने घोषणा गरेकोप्रति आपत्ति जनाएका हुन् ।

सरकारले कोभिड १९ विरुद्धको खोप खरिद गर्नका लागि आर्थिक सहयोग माग गर्दै सरकारले छापेको सार्वजनिक सूचना समेत राखेर ट्वीटरमा शर्माले लेखेका छन् ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ! जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा,जब प्रधान हुन्छ,बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन,न लोकतान्त्रिक हो न मानवीय !

प्रतिकृयाहरु
Loading...