८ महिनापछि चीनमा कोरोनाबाट मृत्यु

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चीनमा ८ महिनायता कोरोनाबाट कसैको मृत्यु भएको यो पहिलो पटक हो ।

स्वास्थ्य अधिकारीहरूले मृतकको विस्तृत विवरण खुलाएका छैनन् । उनी हेबेई प्रान्तका भएको बताइएको छ । केही दिनअघि मात्रै राजधानी बेइजिङसँग जोडिएको हेबेईमा एकैदिन दर्जनौं संक्रमित भेटिएपछि त्यहाँ लकडाउन गरिएको छ ।

बिहीबार चीनमा एकैदिन १३८ जना संक्रमित भेटिएका छन् । गत वर्षको मार्चपछि एकैदिन यति धेरै मानिसमा संक्रमण भएको पनि यो पहिलो पटक हो । गत वर्ष कोरोनाभाइरसको सुरू चीनको वुहानबाट भएको थियो । -एजेन्सी

प्रतिक्रिया