यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ ०१ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी १४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–प्रतिपदा,०६ घडी १२ पला,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५८ घडी ११ पला । योग–बज्र,४१ घडी १६ पला,बेलुकी ११ बजेर २८ मिनेट उप्रान्त सिद्धि । करण–बव,बिहान ०९ बजेर २७ मिनेट उप्रान्त बालव,बेलुकी ०९ बजेर ०७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २८ मिनेट । दिनमान २६ घडी १६ पला । चन्द्रोदय । माघसंक्रान्ति । माघीपर्व । उत्तरायणारम्भ । देवघाटमा मकरस्नान शुरु, वराहक्षेत्र, शङ्कमूलादि तिर्थस्थलहरुमा मकर स्नान ,घ्योचाक़ुसल्हुँ ,रुरुरिडिक्षेत्रमा तीनदिने मेला । छन्त्याल जतिको पर्व । ते तेहथुम गौखुरीमेला । तोल लोसार।

आजको बार बेला ।
बिहान ०६ बजेर ५८ मिनेटसम्म शुभ बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १७ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखी बिहान ९ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
बिहान ०९ बजेर ३७ मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखी मध्यान्ह १२ बजेर १३ मिनेटसम्म लाभ बेला ।
मध्यान्ह १२ बजेर १४ मिनेटदेखी दिउसो १ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर ३३ मिनेटदेखी दिउसो २ बजेर ५१ मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ५२ मिनेटदेखी बेलुकी ४ बजेर १० मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर ११ मिनेटदेखी बेलुकी ७ बजेर १० मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०१ बजेर ३१ मिनेटदेखी दिउसो ०२ बजेर ५० मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आस मारेको काम बन्नाले मन प्रशन्न हुनेछ । गोप्य रहस्य पत्ता लगाउन सकिने हुनाले तपाईँको बौद्धिकताको उच्च कदर हुनेछ । उद्योग र व्यापारबाट विशेष फाइदा हुने समय रहेकोछ । प्रतिस्पर्धी तथा काममा अवरोध गर्नेहरु परास्त हुनेछन् । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काम थालनी गरी राम्रो फाइदा उठाउन सकिने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरकारी पदमा बसेर सेवा प्रबाह गर्नेहरुले समयमा तपाईँको काम नगरिदिदा महत्वपूर्ण अवसरबाट बञ्चित हुने पर्नेछ । यात्रा हुने भएपनि बाटामा दुख तथा शास्ति खेप्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । मनमा एक किसिमको बेचैन आउने हुनाले काम गर्न मन लाग्ने छैन । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खाद्यान्न तथा औषधिजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कलासाहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थले साथ दिने हुँदा शाहसिलो काम गर्न आट आउनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई परिणाममूखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापार व्यावसायमा आजको दिन लगानी गर्नको लागी केही समय पर्खदा राम्रो हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेपनि सहि प्रयोग गर्न नजान्दा अप्रिर्य घट्ना नहोला भन्न सकिन्न । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा आमासँग मनमुटाब सिर्जना हुनेछ भने महत्वकांक्षी सोचले मन अशान्त रहनेछ । यन्त्र,औजार तथा मेसिनरी सामान बिग्रनाले खर्च बढ्ने योग रहेकोछ । छाती सम्बन्धी समस्या आउने हुनाले बाहिर वाताबरण तथा खानपानमा ध्यान दिनहोला । परिस्थिती बस दैनिक कामहरु स्थगित गर्नुपर्ने हुनसक्छ । तरपनि कृषि तथा पशुपालन व्यावसायमाबाट लाभ लिन सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा दाजुभाईबाट विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने माया प्रेममा नजिक हुन सकिनेछ । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने सकिनेछ । निर्माण सामाग्री तथा दैनिक उपभोग्य उद्योग र व्यापारबाट विशेष फाइदा लिन सकिनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । राम्रा काम गरि नाम र दाम दुवै कमाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा साथिभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खाद्यान्न,पानी तथा औषधीजन्य व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा मन्दि आउनेछ । तरपनि खानपान तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले हाँसखेल तथा पारिवारिक माहोलामा दिन व्यातित हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाईनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सुदृढ हुनेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । सामाजिक काम गरि पद पाईने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामान्य वादविवाद तथा झैझगडामा फस्ने योग रहेकोछ ध्यान दिनुहोला । मुद्दामामिला तथा दैनिक काममा चुनौतिको सामना गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । यात्रा हुने भएपनि कष्टकर नहोला भन्न सकिन्न । नीतिसँगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ । आफन्त तथा अग्रजसँग सैद्धान्तिक राय बाजिनेछ । तरपनि विदेशमा बसेर काम वा अध्ययन गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडी देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा लिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया