चन्द्रागिरीमा एक पुरूषकाे हत्या

काठमाडौं । चन्द्रागिरीमा एक पुरूषकाे हत्या भएकाे छ । चन्द्रागिरी नगरपालिका-४ थानकाेट घुमाउने बस्ने ५२ वर्षीय हाेम बहादुर सुधारकाे हत्या भएकाे हाे ।

उनकाे हत्या अभियाेगमा साेही नगरपालिका-२ मसिने बस्ने २३ वर्षीय रामकृष्ण तामाङ पक्राउ परेका छन् । घुमाउनेस्थित टहराको आँगनमा होम बहादुर अचेत अवस्थामा रहेको रामकृष्णले नै प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि शहिद मेमोरियल अस्पताल कलंकी पठाएको थियाे । उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे हाे ।

घटनाको अनुसन्धान गर्ने क्रममा रामकृष्णले लेनदेनको विषयमा विवाद हुँदा कोदालोको बिँडले प्रहार गरेको खुल्न आएपछि उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया