मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

झापामा प्रहरीको हन्ट अप्रेसन : सातजना पक्राउ

विराटनगर । झापामा चोरीका मोटरसाईकल सहित ७ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेहरूमा ईलामको माई नगरपालिका २ का २२ बर्षीय रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका ६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका ३ का २१ बर्षीय पासाङ तामाङ र सिदिङवा गाउँपालिका ४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् ।

विगत केही समयदेखि विर्तामाेड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको क्षेत्रमा मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

मोटरसाईकल तथा स्कुटरहरु चोरी गर्ने मानिसहरुको पहिचान गर्न प्रहरीले अप्रेसन हन्ट संचालन गरेको थियो । अनुसन्धानका क्रममा चोरी भएको ४ थान मोटरसाईकल सहित ७ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ ।

प्रहरीले ११ थान मोटरसाईकल विभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...