ट्रम्पकै पार्टीका सांसदहरूले उनीविरूद्ध हाल्दैछन् भाेट

काठमाडाैं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अध्यक्षबाट हटाउने डेमोक्र्याटको प्रयासलाई उनकाे पार्टी रिपब्लिकनका सांसदहरूले  समेत समर्थन गर्न थालेका छन् ।

रिपब्लिकनका प्रतिनिधि लिज चेनीले गत साता अमेरिकी राजधानीमा भएको हिंसालाई लिएर ट्रम्पलाई महाभियोगको लागि मतदान गर्ने बताएकी छिन् । पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी लिजले ट्रम्पविरुद्ध लागेको महाअभियोगको समर्थन गर्ने बताएकी हुन् । रिचर्ड निक्सनपछि यो पहिलो पटक हो- राष्ट्रपतिको आफ्नै पार्टीका नेताले उनीविरूद्ध भाेट हालेकाे ।

लिजले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन् – ‘संयुक्त राज्यका कुनै पनि राष्ट्रपतिले आफ्नो पद र संविधानमा यति धेरै धोका दिएका छैनन् । ट्रम्पले भने भीडलाई बोलाए, उनीहरूलाई जम्मा गरे, आक्रमणलाई उक्साए ।’

सभाका अन्य दुई रिपब्लिकन सदस्यहरू जोन कट्को र एडम किन्जिनरले पनि महाभियोगको पक्षमा मतदान गर्ने छन् ।

जनवरी २० मा, डेमोक्र्याटबाट राष्ट्रपतिमा निर्वाचित जाे बाइडेनले सपथ लिँदैछन् । सदनले बुधबार ट्रम्पविरूद्ध महाअभियाेगका लागि मतदान गर्ने तयारी गरेकाे छ ।

प्रतिक्रिया