प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएकाे जी न्यूजले भन्याे- ‘सगरमाथामा भारतको पनि दाबी हुनुपर्छ’ (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेकाे भाेलिपल्ट नै भारतीय टेलिभिजन जी न्यजुले विश्वकाे सर्वाेच्च सगरमाथामा भारतकाे पनि दाबी हुनुपर्ने धारणा राखेकाे छ ।

जी न्यूजका सम्पादक सुधिर चौधरीले नेपालकाे सगरमाथा भारतकाे भएकाे दाबी गर्दै यसकाे नाम माउन्ट सिकदर राखिनुपर्ने उल्लेख गरे । सगरमाथाको पहिलो पटक उचाइ नाप्ने व्यक्ति भारतका राधानाथ सिकदर भएका कारण उनैकाे नामबाट सगरमाथाकाे नामाकरण गरिनुपर्ने भन्दै जी न्यूजले सगरमाथालाई भारतीय नाम माउन्ट सिकदर दिने अभियान समेत थालेकाे छ । यस अभियानमा सहभागी हुन भारतीय नागरिकले चाैधरीले अपिल समेत गरेका छन् ।

सम्पादक चाैधरीले  सगरमाथाले भारतीयलाई राष्ट्रवादकाे नयाँ उचाइमा लैजाने दाबी समेत गरेका छन् । प्रधानमन्त्रीकाे अन्तर्वार्ताका लागि नेपाल आएको चौधरीसहितको टोली हेलिकप्टरमा सगरमाथाको अवलोकनका लागि गएको थियाे । त्यहाँबाट फर्किएपछि मंगलबार राति प्रशारण भएकाे कार्यक्रम डिएनएमा उनले सगरमाथाकाे नाम परिवर्तनका लागि अभियान सुरू गरिएकाे बताएका हुन् ।

चाैधरीसँगकाे अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भारतसँगको नेपालको सीमा विवाद खासगरि लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्र समेटेर जारी गरिएको नयाँ नक्सा, त्यसमा उठेकाे विवादको समाधान, चीनसँगको नेपालको सम्बन्ध र चीन तथा भारतको विवादमा नेपालको भूमिका लगायतमा नेपालको धारणा राखेका थिए ।

यस्तै प्रम ओलीले भूगोलमा, जनसंख्यामा ठुलो सानो हुन सक्छ तर सार्वभौमिकताका आधारमा सबै देश समान रहेकाे बताएका थिए । ‘मोदीजी उमेरले मेरो दाजु हुने कुरा म मान्छु । तर प्रधानमन्त्रीको हैसियतमा चाहिँ यसो होइन । हामी दुई सार्वभौमसत्ता सम्पन्न देशका प्रधानमन्त्री हौं । हाम्रो बराबरी हैसियत हो । ठुलो प्रधानमन्त्री र सानो प्रधानमन्त्री भन्ने हुँदैन’, प्रम ओलीले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

भिडियाे :

प्रतिक्रिया