सेभिल्लालाई पराजित गर्दै एथ्लेटिको मड्रिडले बढायो अग्रता

काठमाडाैं । स्पेनिस ला लिगा फुटबलमा सेभिल्लालाई पराजित गर्दै एथ्लेटिको मड्रिडले खेलमा अग्रता बढाएकाे छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गर्दै आफ्नो अग्रता बढाएको हो । एथ्लेटिकोलाई जिताउन एन्जल कोरिया र साउल निगुएज एक/एक गाेल गरे ।

जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ । हार व्यहाेरेकाे सेभिल्ला भने १७ खेलबाट ३० अंकसहित छैटौँ स्थानमा रहेकाे छ ।

प्रतिक्रिया