पोग्बाको गोलमा म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा

एजेन्सी । म्यानचेस्टर युनाईटेड मंगलबार रातिकाे खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएकाे छ ।

बर्नलीकाे मैदानमा भएकाे खेलमा पाउल पोग्बाकाे गाेल गरेपछि युनाईटेड जित हाँसिल गर्दै लिगकाे शीर्ष स्थानमा उक्लिएकाे हाे । पाेग्बाले खेलकाे ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा गोल गरेका थिए । उनकाे याे सिजनकाे दाेस्राे गाेल हाे ।

जितसँगै १७ खेलमा ३६ अंक जोडेको युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ ।

बर्नली भने १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया