आरआर क्याम्पसका प्रध्यापक आचार्य पक्राउ

काठमाडाैं । याैन दुर्व्यवहारकाे आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।

विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत् यौन दुर्व्यवहार गरेकाे आरोपमा प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीका अनुसार उनले साेही क्याम्पसमा अध्ययनरत् एक छात्रालाई म्यासेन्जरमा अश्लील म्यासेज पठाएका थिए । उनै विद्यार्थीले उनीविरुद्ध आइतबार परिसरमा जाहेरी दिएपछि साेमबार उनलाई क्याम्पस परिसरबाटै नियन्त्रणमा लिइएकाे हाे ।

उनीमाथि अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरू गरिएकाे महानगरीय प्रहरी परिसर, काठमाडाैंले जनाएकाे छ ।

प्रतिक्रिया