लाठी प्रहार गरी दाजुले गरे भाइकाे हत्या

बाँके । आफ्नै सहोदर भाईकाे हत्या अभियाेगमा एक जना पक्राउ परेका छन् ।

१७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको अभियोगमा नरैनापुर गाउँपालिका-४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएकाे हाे । 

सोही ठाउँस्थित वारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा ईसाईलले लाठी प्रहार गर्दा रहिसको घटनास्थलमै मृत्यु भएको खबरपछि ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी टाेली अनुसन्धानमा खटिएकाे थियाे । साेही टाेलीले ईसाईललाई नियन्त्रणमा लिएको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया