माेटरसाइकल चाेरी गरि बेच्ने ३ जना भक्तपुरबाट पक्राउ

भक्तपुर । मोटरसाइकल चोरी तथा बिक्री वितरण गरेको अभियोगमा भक्तपुरबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा धादिङ गजुरी गाउँपालिका-४ बस्ने २५ वर्षीय राजन लामा, नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-१ विरुवास्थित विन्दबासिनी मोटरसाइकल वर्कसप संचालक २९ वर्षीय सुनिल तामाङ र पर्सा वीरगञ्ज राधेमाई नगरपालिका-६ घर भएका सोही वर्कसपका संचालक २० वर्षीय पप्पु पटेल रहेका छन् ।

गएकाे शुक्रबार सूर्यविनायक नगरपालिका-१ सिरुटारमा राजन सवार बा ९५ प ६४०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेको थियाे । त्यसपछि राजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने क्रममा बा ७२ प ७९४९ नम्बरको मोटरसाइकल समेत उनीहरुले नै चोरी गरी सोही ठाउँ विरुवास्थित सुनिल र पप्पु पटेलको विन्दबासिनी मोटरसाइकल वर्कसपमा बिक्री गरेको खुल्न आएको थियो ।

उक्त नम्बरका मोटरसाइकलहरु महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वर काठमाडौंको वडा एरियाबाट चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेकाे छ । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्‍वर काठमाडौंमा बुझाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया