मंगलबार बढ्याे सुनचाँदीकाे मूल्य (मूल्यसहित)

काठमाडौं । पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीकाे मूल्य आज (मंगलबार) बढेकाे छ । अघिल्लाे दिन साेमबारकाे तुलनामा मंगलबार ६ सयले सुनकाे मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ९२ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार छापावाल सुनकाे मूल्य ९२ हजार २ सय ताेकिएकाे थियाे । यस्तै साेमबार ९१ हजार ७ सयमा काराेबार भएकाे तेजाबी सुनकाे मूल्य आज ९२ हजार तीन सय कायम भएकाे महासंघले जनाएकाे छ ।

चाँदीकाे मूल्य पनि आज बढेकाे छ । चाँदीकाे मूल्य मंगलबार तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएकाे छ । याे मूल्य साेमबारकाे तुलनामा २० रूपैयाँ बढी हाे ।

प्रतिक्रिया