के सत्ताबाट निष्कासित हुँदैछन् ट्रम्प ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पविरुद्ध महाअभियाेग प्रस्ताव पेश भएकाे छ । डेमोक्र्याटिक पार्टीले ट्रम्पविरुद्ध महाअभियाेग प्रस्ताव पेश गरेकाे हाे ।

राष्ट्रपतिय निर्वाचनमा हार बेहाेरेका ट्रम्पकाे नेतृत्वमा केही दिनअघि वाशिङ्टन डिसीमा हिंसा भएकाे भन्दै सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याटिक पार्टीका सांसदहरू समेत ट्रम्पलाई ह्वाइट हाउसबाट निष्कासित गर्न चाहन्छन् ।

पूर्व राष्ट्रपति ट्रम्पकाे कार्यकाल २० जनवरीमा सकिँदै छ । उनको कार्यकाल समाप्त हुनु अगाडि नै ह्वाइट हाउसबाट निष्कासित गर्ने तयारी स्वरूप महाअभियाेग पेश गरिएकाे बीबीसीले जनाएकाे छ । उक्त प्रस्तावमाथि बुधबार छलफल हुँदैछ ।

राष्ट्रपतिलाई सभामा महाभियोग ल्याउन बहुमत चाहिन्छ । सदनमा डेमाेक्रेटिक पार्टीकाे बहुमत छ । रिपब्लिक पार्टीका केही सांसदहरूले पनि महाअभियाेग प्रस्तावमै मत हाल्न सक्नेछन् ।

पछिल्लो समय जब राष्ट्रपति ट्रम्पले महाभियोगको सामना गर्नुपर्‍यो, सम्पूर्ण प्रक्रियाले महिनौं लियो । यस पटक भने यही हप्तामै प्रक्रिया सुरू गर्नुपर्ने हुन्छ । अमेरिकी संविधानका अनुसार सदनले राष्ट्रपतिलाई पदबाट हटाउन अभियोग लगाउन दोषी प्रमाणित गर्नुपर्ने हुन्छ । र राष्ट्रपतिलाई सजाय दिन र उनको पदबाट हटाउनका लागि दुई तिहाई सदस्यहरूकाे सहमति आवश्यक पर्नेछ । बुधबार यसबारे छलफल भएपछि उनी समय अगावै निष्कासित हुन्छन् या रहन्छन् भन्नेबारे निर्णय हुनेछ ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन गत नोभेम्बर ३ मा भएकाे थियाे । निर्वाचनमा रिपब्लिकन पार्टीबाट बहालवाला राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेन उम्मेदवार बनेका थिए । निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार बाइडेन ३०६ इलेक्टोरल कलेज मतसहित राष्ट्रपतिमा विजयी भएकाे हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटको संयुक्त बैठकले प्रमाणीकरण गरिसकेकाे छ । अर्का प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २३२ इलेक्टाेरल मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया