पौष २८ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल (भिडियोसहित)

वि.सं.२०७७ साल पौष २८ गते । मंगलबार । ईश्वी सन् २०२१ जनवरी १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–चतुर्दशी,१२ घडी ११ पला,बिहान ११ बजेर ५१  मिनेट उप्रान्त औशी । नक्षत्र–मूल,०१ घडी १७ पला,बिहान ०७ बजेर २९ मिनेट उप्रान्त पूर्वाषाढा । योग–व्याघात,५१ घडी ०८ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त हर्षण । करण– शकुनी,बिहान ११ बजेर ५१ मिनेट उप्रान्त चतुष्पद,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त नाग । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २६ घडी ११ पला ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५८ मिनेटसम्म रोग  बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १८ मिनेटदेखी बिहान ९ बजेर ३५  मिनेटसम्म चर  बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५५ मिनेटदेखी मध्यान्ह १२ बजेर १२ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १३ मिनेटदेखी दिउसो १ बजेर ३१ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ३२ मिनेटदेखी दिउसो २ बजेर ५०  मिनेटसम्म शुभ  बेला ।
दिउसो २ बजेर ५१ मिनेटदेखी बेलुकी ४ बजेर ०८ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ०९ मिनेटदेखी बेलुकी ७ बजेर ०८ मिनेटसम्म काल बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।राहुकाल
दिउसो ०२ बजेर ४७ मिनेटदेखी बेलुकी ०४ बजेर ०८ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईंको काम समयमा सम्पन्न नगरिदिदा महत्वपूर्ण कामहरु थाती रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

रुपैया पैसा तथा धन सम्पतीको राम्रोसँग व्याबस्थापन गर्नुहोला हराउने तथा चोरिने अधिक सम्भावना रहेकोछ । व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुँदा समस्याहरु टार्न अली गाह्रो भएको महशुष हुँनेछ । जीवनसाथिसँग असमज्दारी बढ्ने तथा बिश्वास गरेकाहरुबाटनै धोका हुनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउन बढिनै मेहनेतको खाचो रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाइ लेखाइमा सोचेजस्तै प्रगति हुने हुनाले आफन्त तथा गुरुहरु प्रसन्न हुनेछन् । सवारी साधन तथा धन सम्पती हात लाग्ने योग रहेको छ । व्यापारमा नाँफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको बाताबरण अझ बढेर जाने हुनाले घर परिवारमा घुसियालि छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरुसँग भेटघाट हुने हुनाले मन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ ।  रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

पढाइ लेखाइमा भनेजस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरी तथा आफन्तले तपाईको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको विकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । सरसफाईमा तथा वाहिरी वातावरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन ध्यान दिनुहोला । कामको अवसर प्राप्त भए पनि तत्काल फाईदा नहुन सक्छ । पहिलेका सम्झौता तोडी नयाँ काम गर्न सकिनेछ । अरूको भर पर्नाले काम पूरा नहुन सक्छ । तरपनि अन्योलमा मान्यजनको सुझावलाई शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिने हुनाले मान सम्मानमा वृद्धि हुनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिएर राम्रा तथा उत्पादनमूखि काम गर्न सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक सामानको व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी सन्तोषजनक समय रहनेछ  । आफ्नो भन्दापनि अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ छ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

धन भावमा रहेको कमजोर चन्द्रमाले विवाद र झगडामा पछी हट्नु नै राम्रो हुनेछ । धन तथा सम्पती सापटीको रुपमा कसैलाई नदिनुहोला,फिर्ता हुन गाह्रो रहेकोछ । नयाँ कामको लागी समय मध्ययम रहेकोछ । कामको दायित्व क्रमशः बढ्दै जानेछ । घरपरिवार तथा कुटुम्बसँग सामान्य मनमुटाब बढ्ने योग रहेकोछ । तरपनि अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना समस्याहरु बल्झनेछन् भने स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेकोछ । हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमिकम्जोरी ढाकछोप गर्न खोज्दा थप घाटा लाग्नेछ । अग्रज तथा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । सरकारि नियमको पालना नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । अध्यनमा मन जानेछैन । तरपनि काम वा अध्ययनको सवालमा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आम्दानीका नयाँ बाटाहरु पहिल्याउदै मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । सरकारी धन तथा पैत्रिक सम्पति हात लागी हुने योग रहेकोछ । अधुरा तथा पुराना कामहरु फत्ते हुने तथा नयाँ प्रकृतिका काम शुभारम्भ गर्न सकिनेछ । माया प्रेममा एक अर्का बीच आत्मियता बढ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफुतिर ल्याउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । धार्मिक तथा आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया