३० बिगाहा जग्गामा लगाइएको गाँजा खेती नष्ट

मकवानपुर । मकवानपुरमा ३० बिगाहा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरिएकाे छ ।

जिल्लाकाे राक्सिराङ गाउँपालिका-१ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाहा जग्गामा अवैध रुपमा लगाइएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया