पत्रकारलाई आपतकालिन झोला वितरण

वाग्मती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले पत्रकारका लागि आपतकालिन झोला वितरण शुरु गरेको छ । विपद तथा जोखिम पत्रकारिता सहयोग कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघ दोलखा शाखाका सभापति जीवन लामालाई सोमबार दुईवटा आपतकालीन झोला हस्तान्तरण गरिएको वाग्मती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिए ।

झोलामा ल्यापटप, पावर बैंक, माइक्रोफोन, टर्च लाइट र मोबाइल ट्राइपोड रहेको रजिष्ट्रार सापकोटाले जानकारी दिए । विपदग्रस्त क्षेत्रमा रिपोर्टिङ गर्न चाहने पत्रकारले नेपाल पत्रकार महासंघबाट यो आपतकालीन झोला लिन पाउने ब्यवस्था गरिएको छ ।

वाग्मती प्रदेशका १३ वटै जिल्लामा आपतकालीन झोला वितरण गर्ने लक्ष्य रहेको पनि रजिष्ट्रार सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया