स्रोत नखुलेको ३७ लाख नगद र चेकसहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट स्रोत नखुलेको ३७ लाख नगद र चेकसहित एक जना पक्राउ परेका छन् । ३७ लाख नगद रुपैयाँ, ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको १ थान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको १ थान चेक सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय राम कुमार गुरुङ रहेका छन् । चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा३ ख ९१३९ नम्बरको हाईस गाडीलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनको झोलामा लुकाई ल्याएको उक्त नगद र चेक फेला परेकाे प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया