चीनद्वारा श्वेतपत्र सार्वजनिक, त्रिपक्षीय सहकार्यलाई बढावा दिनुपर्ने निष्कर्ष

काठमाडौं । चीनले त्रिपक्षीय विकास सहकार्यलाई बढावा दिने लक्ष्यसहित अन्तर्राष्ट्रिय विकास सहकार्यसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ ।

आइतबार सार्वजनिक भएको उक्त पत्रमा एक अर्काको नीति, विचार, मोडललाई सम्मान गर्दै पारस्परिक सम्मान र समझदारीको आधारमा अघि बढनुपर्ने निष्कर्ष निकालिएको छ । त्यहाँ भनिएकोछ, ‘त्रिपक्षीय सहकार्यको उद्देश्य सहयोग प्राप्त गर्ने मुलुकहरुलाई फाइदा दिनु हो । त्यसैले उनीहरुको सार्वभौमसत्ता र उनीहरुको आवाजलाई सम्मान गर्नुपर्छ ।’

खासगरी नेपालमा विकासका परियोजनाहरुमा नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्यको प्रस्ताव चीनले गर्दै आएको छ । यद्यपि यसले गति भने लिएको छैन ।

प्रतिक्रिया