रहेनन् मिर्गाैला पीडित क्रिकेटर कुन्दन

काठमाडौं । राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको २३ वर्षको उमेरमा निधन भएको छ । महोत्तरी जलेश्वरका कुन्दनको उपचारका क्रममा आज (आइतबार) निधन भएको प्रदेश २ क्रिकेट संघले जनाएकाे छ ।

कुन्दन लामो समयदेखि मिर्गाैला राेगबाट ग्रसित थिए । उनकाे दुवै मिर्गाैला फेल भएकाे थियाे । उनको उपचारका लागि ‘कुन्दनसिंह बचाउ अभियान’ समेत चलाइएको थियो । देश तथा विदेशबाट आर्थिक सहयोग जुटिरहेको भएपनि उपचारकै क्रममा उनले ज्यान गुमाए । उनीमा काेराेना संक्रमण समेत भएकाे थियाे, यद्यपी उनले काेराेनालाई भने जितेका थिए ।

कुन्दनले २०१८ को प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका थिए । प्रदेश २ बाट ओपनर ब्याट्सम्यानको रुपमा उनले प्रधानमन्त्री कपमा तीन खेल खेलेका थिए ।

प्रतिक्रिया