बसको सिटमै यात्रु मृत फेला

विराटनगर । विराटनगरमा यात्रु बसकाे सिटमा एक युवा मृत फेला परेका छन् ।
झापाको केर्खाबाट विराटनगर आएका २६ वर्षीय राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् । आइतबार बिहान मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा.लि.को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा बसभित्रै मृत अवस्था फेला परेकाे प्रहरीले जनाएकाे छ ।
गाडीका सबै यात्रु झरेपनि उनी नझरेपछि हेर्न जाँदा उनी मृत अबस्थामा फेला परेकाे बसका कर्मचारी प्रशन्न प्रसाँईले जानकारी दिए ।
उनी अरु समयमा समेत नियमित आउजाउ गर्ने यात्रु रहेकाे प्रसाइले बताए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ।
उनी मृगौला रोगी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक कुन्दन देवले मकालु खबरलाई जानकारी दिए ।

प्रतिक्रिया