बाबुरामको ‘यक्ष प्रश्न’– ओलीसँग झुक्ने कि संविधानको निम्ति लड्ने ?

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान राजनीतिक परिस्थितिभित्र चार ‘यक्ष प्रश्न’ रहेको बताएका छन् ।

आइतबार बिहान ट्वीट् गर्दै भट्टराईले ओलीसँग झुक्ने कि संविधानको निम्ति लड्नेलगायतका चार यक्ष प्रश्न वर्तमान राजनीतिक सतहमा तेर्सिएको औंल्याएका हुन् ।

  • भट्टराईले औंल्याएका चार यक्ष प्रश्नहरुः–
    १. चुनाव र पार्टी हेर्ने राजनीतिकर्मी कि पुस्ता र देश हेर्ने राजनेता बन्ने ?
    २. अरूलाई गाली गर्ने राष्ट्रवादी कि आफ्नो देशलाई माया गर्ने देशभक्त बन्ने ?
    ३. ओलीसँग झुक्ने कि संसद् र संविधान निम्ति मिलेर लड्ने ?
    ४. कुनै शक्ति ध्रुवमा लाग्ने कि भारत/चीन/अमेरिकाबीच सन्तुलन राख्ने ?
प्रतिक्रिया