एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले पहिलो जित निकालेकाे छ । शनिबार रातिकाे खेलमा ब्रेस्टलाई ३–० ले पराजित गर्दै पिएसजीले जित निकालेकाे हाे ।
पिएसजीका लागि मौसा केन, माउरो आइकार्डी तथा साराबियाले एक/एक गोल गरे ।
जितपछि पिएसजी दोस्रो स्थानमा छ । उसले १९ खेलबाट ३९ अंक जोडेको छ ।
पराजित ब्रेस्ट २६ अंकसहित ११औं स्थानमा छ ।