मेस्सी र ग्रिजम्यानको गोलमा बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले ४-० काे सानदार जित निकालेको छ । शनिबार राति ग्रानडाको मैदानमा भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै सानदार जित निकालेको हो ।

खेलमा कप्तान लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले २/२ गोल गरे । खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने खेलको ३५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।

४२ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ६३ औं मिनेटमा ग्रिजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।

जितसँगै १८ खेलमा ३४ अंक जोडेको बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ । ग्रानडा २४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया