पौष २६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल पौष २६ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–द्वादशी,२१ घडी ३४ पला,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– अनुराधा,०७ घडी ३७ पला,बिहान १० बजेर ०१ मिनेट उप्रान्त ज्येष्ठा । योग– गंड,११ घडी १८ पला,बिहान ११ बजेर २९ मिनेट उप्रान्त वृद्धि । करण– तैतिल,दिउसो ०३ बजेर ३६ मिनेट उप्रान्त गर,रातको ०२ बजेर ३४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २५ मिनेट । दिनमान २६ घडी ०८ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३५ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ३६ मिनेटदेखी बिहान १० बजेर ५३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखी मध्यान्ह १२ बजेर १२ मिनेटसम्म काल बेला ।
मध्यान्ह १२ बजेर १३ मिनेटदेखी दिउसो १ बजेर ३० मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर ३१ मिनेटदेखी दिउसो २ बजेर ४८ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४९ मिनेटदेखी बेलुकी ४ बजेर ०७ मिनेटसम्म उद्वेग बेला ।
बेलुकी ४ बजेर ०८ मिनेटदेखी बेलुकी ७ बजेर ०७ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बेलुकी ०४ बजेर ०६ मिनेटदेखी बेलुकी ०५ बजेर २५ मिनेटसम्म रहनेछ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल नआउने हुनाले मन खिन्न हुनेछ । चेलि माईती बीचको सम्बन्ध बिग्रन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला । पढाइ लेखाइमा अलि बढि मेहनेत गरे नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । तरपनि बैक तथा बित्तियसस्थामा गरिएको लागानिबाट सन्तोषजनक कमाई हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउने समय रहेकोछ । जीवन साथिसँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्तहरु टाडिने तथा पति पत्नी बीच सामान्य मनमुटावको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय खर्चनु पर्नेछ तरपनि आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुका लागि समय मध्ययम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तुला _रा,री,रु,रे,रो,ता,ती,तू,ते) अरूका लागि समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ नीति नियमलाई बेवास्ता गर्दा चुनौती दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।

भिडियाेः

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धीको मनोबल गिराउदै उपलब्धी हात पार्न सकिनेछ । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिनेछ । स्वास्थमा सुधार भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउदै लान सकिनेछ । ईष्टमित्र तथा आफन्तका साथ रमाईलो यात्राको अवसर जुर्ने तथा मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषय बस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारि धन तथा पैत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ । व्यापार व्यावसायबाट आम्दानि हुने हुनाले थप लगानि गर्न आट आउनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) यात्राको प्रशस्त सम्भावना भएपनि अन्तिम समयमा आएर रोकिनेछ । व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेकोछ भने समयले साभ नदिदा कामहरु समाउन मुस्किल पर्नेछ । पढाइ लेखाइमा समय दिए पनि अरुनै कामको प्रेसरले प्रगति गर्न सकिने छैन । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने परिवारमा आफन्तबिच राय बाजिनेछ । अत्यावश्यक काम बाहेक यात्रा नगर्नु ने उचित हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो।डिपी उपाध्याय ।

प्रतिक्रिया