‘बैशाखमा कुनै हालतमा चुनाव हुँदैन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बैशाखमा चुनाव नहुने बताएका छन् ।

शनिबार काठमाडौंको विरोध सभालाई सम्बोधन गर्दै नेता सिंहले संविधानमाथि प्रहार हुँदा आफूहरु चुप लागेर नबस्ने बताउँदै आगामी बैशाखमा चुनाव नहुने बताएका हुन् ।

नेता सिंहले झण्डै दुईतिहाइ बहुमत प्राप्त नेकपाको सरकार असंवैधानिक बाटोतिर लागेको बताउँदै भने, ‘दुईतिहाइको सरकार भन्ने, तर संसद्मा विश्वासको मत लिन नसक्ने सरकारले कसरी चुनावबाट जनताको मत लिन सक्छ ?’

संविधानमा संसद् विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार नभएको जिकिर गर्दै नेता सिंहले अलोतान्त्रिक कदम चाल्ने प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुन नहुनेमा जोड दिए ।

यसअघि गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि आगामी १७ र २७ बैशाखमा आम चुनाव गर्ने घोषणा भएको छ ।

प्रतिक्रिया