मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘जिन्दगीले सधैं चोट मात्रै दिइरह्यो’

शनिबारीय कोशेली

काठमाडौं ।

किन रम्दैन यो मन भनेर सोच्थेँ म, भित्रभित्रै कतै दुखेको रहेछ
खुसी खोज्दै हिँडेको थिएँ म, खुसी त आफूभित्रै लुकेको रहेछ

जिन्दगीले सधैं चोट मात्रै दिइरह्यो, हाँसेको मात्रै देख्यो दुनियाँले
किन रसाएनन् यी आँखा सोच्दथेँ, आँसु त उहिल्यै सुकेको रहेछ

मेरो मौनतालाई, मेरो नम्रतालाई बिर्सेर पनि कमजोरी नठान्नु
झुकेछ भने यो शिर कहिल्यै, सोच्नू सम्मानले झुकेको रहेछ

म तिमीलाई पर्खिरहेँ, तिमीले पनि सायद पर्खिएछौ कसैलाई
केहीबेर हिँडेपछि थाहा पाएँ मैले, मेरा लागि कसैको यात्रा रुकेको रहेछ

जसलाई हामीले देश सुम्पियौँ, बाँदरको हातमा नरिवलझैं बनाए
एकदिन पक्कै बुझ्नेछन् तिनले, सारा जनताले किन तिनलाई थुकेको रहेछ ।

दीक्षा खड्का कोल्हबी–८, बारा

प्रतिकृयाहरु
Loading...