स्वदेश फर्किँदै प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्किँदै छन् । उनी आज साँझ काठमाडौं अवतरण हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

गत २० पुषमा श्रीमती सीता दाहालको स्वास्थ्यस्थिति खराब बनेपछि उपचारको लागि मुम्बई पुगेका दाहाल आज फर्किने भएका हुन् ।

लामो समयदेखि सीता बिरामी छन् । यसअघि पनि उनले विभिन्न देशसँगै विदेशमासमेत उपचार गराइसकेकी छन् । यद्यपि पनि उनमा सुधार आउन सकेको छैन । उनलाई पार्किन्सनजस्तो देखिने रोग छ ।

प्रतिक्रिया