आज शनिबार पनि बैंक खुला रहने

काठमाडाैं । आज (शनिबार) पनि बैंकहरू खुला रहने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै शनिबार पनि बैंक खुला राख्न निर्देशन दिएकाे हाे ।

राष्ट्र बैंकको निर्देशनपछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर आज पनि खुला रहने छन् । केही बैंकले सूचना प्रकाशित गर्दै आफ्ना कार्यालय खुला रहने जानकारी समेत गराइसकेका छन् ।

कोरोना महामारीका कारण चालु आ.व.को बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न सकेकाे छैन । सरकारले पनि राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको अवस्थामा सहजताका लागि राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।

प्रतिक्रिया