पौष २५ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल (भिडियोसहित)

वि.सं.२०७७ साल पौष २५ गते । शनिबार । ईश्वी सन् २०२१ जनवरी ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–एकादशी,२७ घडी ०६ पला,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–विशाखा,११ घडी ३१ पला,बिहान ११ बजेर ३४ मिनेट उप्रान्त अनुराधा । योग–शूल,१८ घडी ५६ पला,दिउसो ०२ बजेर ३२ मिनेट उप्रान्त गंड । करण–बालव,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त कौलव,रातको ०४ बजेर ४१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २४ मिनेट । दिनमान २६ घडी ०६ पला । सफला एकादशी व्रत ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३४  मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखी मध्यान्ह १२ बजेर ११ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १२ मिनेटदेखी दिउसो १ बजेर २९ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ३० मिनेटदेखी दिउसो २ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ४९ मिनेटदेखी बेलुकी ४ बजेर ०६ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ०७ मिनेटदेखी बेलुकी ७ बजेर ०६ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर ३४ मिनेटदेखी बिहान १० बजेर ५१ मिनेटसम्म रहनेछ ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले काम गर्न अप्ठ्यारोमा महशुष हुनेछ । लेनदेनको कारणले विवाद आउने तथा चुनौतीको सामना गर्नु पर्नेछ । आफन्त तथा दिदि बहिनीबाट सजग रहनुहोला । व्यापारमा मन्दी आउने तथा आर्थिक रूपमा पनि नोक्सानी हुने योग रहेकोछ । न्यून पारिश्रमिकमा दिन व्यातित गर्नुपर्दा मन खिन्न हुनेछ । परिवारजनसँग आत्मीयतामा कमी हुनेछ भने प्रेमसम्बन्ध र मित्रताको बन्धन खुकुलो बन्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेकोछ । आफुले मन पराएको मानिससँग रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा बिभिन्न मन लोभ्याउने दृष्यहरु मन मुटुमा कैद गर्न पाउदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ भने नयाँ नयाँ आम्दानिका बाटाहरु फेला पर्नेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने तथा प्रतिस्पर्धीहरु आफै किनारा लाग्नेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

व्यापारमा बृद्धि हुनाले आर्थिक लाभ हुनेछ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । प्रतिद्वन्द्वीहरूका माझमा आफ्नो क्षमता प्रदर्शन गरि नाम कमाउन सकिनेछ । मावली र साथीभाइको राम्रो साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न हुनेछ । जीवनसँगीसित रहेको वैचारिक मत भिन्नताको समाप्ति हुनेछ । तरपनि  खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

आशा देखाउनेहरूको भरमा पर्दा धोका हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्य कमजोर रहनाले कामहरु थाती रहनेछन् । बाध्यतापूर्ण काममै समय बित्नछ भने जिम्मेवारी बढ्नेछ । तरपनि प्रयत्न गर्र्दा विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । विशेष सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइमा समय दिन सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहने योग रहेकोछ । आमा तथा आफन्तसँग छुट्टिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा लगानी गर्न केहि समय पर्ख र हेरको रणनीति अपनाउदा राम्रो रहेकोछ भने कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

समस्या र उल्झन सुल्झाउने महत्वपूर्ण आज हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । आफन्तका साथ समय व्यातित गर्न पाउदा दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरव्यवहार, भौतिक सुख र मायाप्रेमका लागी समय उत्तम रहेकोछ । खानपिन, घुमघाम एवं भेटघाटमा सकभर कम समय खर्चनु नै राम्रो हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयको माग अनुशार नचल्नाले दुख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपनर्पेछ भने पढाइ लेखाइमा तपाईंको उपस्थिति कमजोर रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिशिष्ट व्याक्तिहरुको भेटघाटले नयाँ योजनाहरु बनाउन सहयोग पुग्नेछ । रोकिएर बसेका तथा पुराना कामहरु हल भएर जाने योग रहेकोछ । बिलाशि तथा सुन्दर बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र पंत्तिमा तपाईको नाम आउनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशि सामानको व्यापारमा समान्य बृद्धि हुनेछ । व्यापार व्यावसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पैत्रिक सम्पति तथा सरकारी धन हात लागी हुने योग रहेकोछ । आम्दानिका स्रोतहरु फराकिला हुनुको साथै आयस्रोतका नयाँ बाटाहरु फेला पार्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंतिमा आउनेछ । घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुमधुरता बढेर जानेछ । खनिज पदार्थ तथा प्राकृतिक स्रोत साधनको कारोबारबाट प्रशस्त आम्दानी हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा लगानी गरि आम्दानी गर्न सकिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा पुराना समस्याअरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । समाजिक काम गर्ने वाताबरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुन पाउदा मन प्रशन्न हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिभिन्न अवसर आउने भएपनि अवसरहरुलाई उपयोग गर्न नसक्दा समय भन्दा पछि परिनेछ । काम बिग्रने हुँदा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले थाती रहनेछन् । कुनै योजना भए केहिदिन गोप्य राख्नुहोला । व्यापार व्यावसायमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया