प्रतिनिधि सभा विघटनविरुद्ध विवेकशील सडकमा

काठमाडौं । विवेकशील साझा पार्टीले संसद् विघटनविरुद्ध प्रदर्शन गरेको छ । विवेकशीलले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

साझाका कार्यकर्ताहरु ‘असंवैधानिक संसद् विघटन खारेज गर’लगायत लेखिएको ब्यानरसहित सडकमा उत्रिएका हुन् ।
ऐनासहित प्रदर्शनमा उत्रिएका उनीहरुले ‘रिफ्लेक्ट् गरौँ समाजले/नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको पम्पलेटसमेत हातमा लिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेपछि अहिले विभिन्न दल सडकमा उत्रिएका छन् ।

 

प्रतिक्रिया