प्रथम समृद्धि गोरिल्लाज ३X३ बास्केटबल प्रतियोगीता सम्पन्न

काठमाडाैं । समृद्धि स्कुलद्वारा आयोजित प्रथम समृद्धि गोरिल्लाज ३X३ बास्केटबल प्रतियोगीता स्कुलको बास्केटबल मैदान बालाजुमा सम्पन्न भएको छ । दुईदिन चलेको उक्त प्रतियोगीतामा पुरूषतर्फ २४ र महिलातर्फ १२ गरि जम्मा ३६ वटा टिमहरूले भाग लिएका थिए ।

बजाज पल्सर पिपुल्स च्वाइस एवार्डमा मनोनित हुन सफल नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन तथा समृद्धि स्कुल/कलेजको समृद्धि गोरिल्लाज बास्केटबल टिमको पनि क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग गर्न तथा कोरोना महामारीको दौरानमा पनि युवाहरू स्वस्थ र सकारात्मक रहनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएकाे छ ।

यस प्रतियोगीताको ब्वाइजमा बि.एम.के. ‘सी’ टिम प्रथम भयो भने उप–बिजेतामा पनि बि.एम.के. कै ‘बी’ टिम रहेको थियो । यस्तै गरी गर्ल्समा आयोजक समृद्धि स्कुलको टिम प्रथम भएको थियो भने टिम सबिनाले दोश्रो स्थान हातपार्न सफल भएको थियो । प्रतियोगीताको मोस्ट भ्यालुएबल प्लेयरको उपाधि ब्वाइजतर्फ बि.एम.के. ‘सी’ टिमका सोनम प्रयाग शेर्पा तथा गर्ल्सतर्फ समृद्धि स्कुलका प्रेडिका महर्जनले जित्न सफल भएका थिए ।

फाइनल खेलको पश्चात् विजयी टोलीका खेलाडीहरूलाई समृद्धि स्कुलका सि.ई.ओ तथा प्रिन्सीपल नरेश प्रसाद श्रेष्ठ, नेपालको राष्ट्रिय महिला बास्केटबल टिम क्याप्टेन सदिना श्रेष्ठ लगायत अन्य निर्देशकहरूले पनि मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगीताको सम्पूर्ण संयोजन तथा व्यवस्थापन समृद्धि गोरिल्लाज (सिनियर टिम) ले गरेको थियो ।

समृद्धि स्कुल, त्यहाँका प्रिन्सीपल तथा निर्देशकहरू, समृद्धि गोरिल्लाज महिला बास्केटबल टिमका खेलाडीहरू तथा यस प्रतियोगीताबाट उठेको रकम समेत गरी रु. दुई लाख नगद उक्त अवसरमा क्याप्टेन सदिना श्रेष्ठलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।

प्रतिक्रिया