‘ट्रम्पको कार्यकाल सकिनुअघि कुनै पनि दिन भयावह हुनसक्छ’

एजेन्सी । अमेरिकाको हाउस अफ रेप्रिजेन्टेटिभकी प्रवक्ता तथा शीर्ष डेमोक्रेट नेता नेन्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल सकिनुभन्दा अगाडि कुनै पनि खालको विध्वंस मच्चिन सक्ने बताएकी छन् ।

एक पत्रकार सम्मेलनमा आफूसँग ट्रम्पका मन्त्रिमण्डलका सदस्यका लागि एक सन्देश भएको समेत उनले बताइन् । ‘जे जति भयो, तपाईँहरु त्यसलाई सही मान्नुहुन्छ ? के उनीहरुले अबको १३ दिनसम्म यी खतरनाक व्यक्तिले हाम्रो लोकतन्त्रलाई थप बढी खतरा पुर्याउन सक्छन् भनेर भन्नका लागि तयार हुनुहुन्छ ?’, पेलोसीले सम्मेलनमा भनिन् ।

पेलोसीका अनुसार डोनल्ड ट्रम्पको राजद्रोहयुक्त कामका कारण हाउसले उनीविरुद्ध महाभियोग चलाउन बाध्य हुनसक्ने बताएकी छन् । उनले भनिन्, ‘१३ दिन मात्रै बाँकी छ । तर, कुनै पनि दिन भयावह हुनसक्छ ।’

उनका अनुसार डेमोक्रेट नेताले उनीसँग लगातार सम्पर्क गरिरहेका छन् र ट्रम्पलाई अफिसबाट हटाउने दोस्रो प्रयासबारे कुरा गरिरहेका छन् ।

सन् २०१९ मा पनि ट्रम्पविरुद्ध महाभियोग चलाइएको थियो । उनीमाथि चुनाव पुनः जित्नका लागि युक्रेनसँग गलत तरिकाले मद्दत मागेको आरोप लागेको थियो ।

राष्ट्रपतिय चुनाव २०२० मा जो बाइडेनसँग पराजित भएका ट्रम्पले आफ्नो हारलाई स्वीकारिसकेका छैनन् । गत बुधबार मात्रै पनि क्यापिटल बिल्डिङ्गमा विध्वंस मच्चाएका थिए । जहाँ ४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

प्रतिक्रिया