संसारकै धनी बने एलन मस्क

एजेन्सी । एलन मस्क संसारकै धनी व्यक्ति बनेका छन् । उनले अमेजनका मालिक जेफ बेजोसलाई उछिनेर कार कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत र स्पेस एक्सका संस्थापक मस्क संसारकै धनी व्यक्ति बनेका हुन् ।

ब्लुमबर्ग पत्रिकाकाअनुसार बिहीबार ६ प्रतिशतले बढेको टेस्लाको सेयरले एलन मस्कको सम्पत्ति १ सय ९१ अर्ब अमेरिकी डलर पु¥याएको हो । बेजोसको सम्पत्ति मस्कको भन्दा ३ अर्ब डलर कम अर्थात् १ सय ८७ मात्र छ ।

कुनै बेला धेरै समय संसारकै धनी रहेका बिल गेट्स मस्क र बेजोसभन्दा धेरै तल छन् । १ सय ३२ अर्ब डलर सम्पत्ति भएका उनी ब्लुमबर्गको धनाढ्य सूचीमा तेस्रो नम्बरमा छन् ।

मस्कले सन् २०२० मा १४० अर्ब सम्पत्ति जोडेका थिए । त्यसपछि उनी बिल गेट्सलाई पछि पार्दै संसारका अर्बपतिमा दोस्रो नम्बरमा परेका थिए ।

फोर्ब्स पत्रिकाकाअनुसार उसले अर्बपतिको सूची बनाउन सुरू गरेयता कुनै मानिसको सम्पत्ति एक वर्षमै यति धेरै बढेको यो पहिलो पटक हो ।

मस्कको कम्पनी टेस्ला इलेक्ट्रिक कार निर्माता कम्पनी हो । यो वर्ष कम्पनीले बिक्रीमा रेकर्ड राखेको छ । यही वर्ष उनको दोस्रो कम्पनी स्पेस एक्स अन्तरिक्षमा एस्ट्रोनट पठाउने पहिलो निजी कम्पनी बन्यो ।

बेजोस सन् २०२० को शुरुमा पनि संसारका सबैभन्दा धनी व्यक्ति थिए र अन्तिमसम्म पनि धनी नै रहे ।

प्रतिक्रिया