पौष २४ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

वि.सं.२०७७ साल पौष २४ गते । शुक्रबार । ईश्वी सन् २०२१ जनवरी ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि– दशमी,३२ घडी ५५ पला,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त एकादशी । नक्षत्र–स्वाती,१५ घडी ४१ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त विशाखा । योग–धृति,२६ घडी ४७ पला,बेलुकी ०५ बजेर ४१ मिनेट उप्रान्त शूल । करण–वणिज,बिहान ०९ बजेर १९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०८ बजेर ०८ मिनेट उप्रान्त बव । आनन्दादिमा–गद योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २३ मिनेट । दिनमान २६ घडी ०४ पला । नेपाल ज्योतिष परिषद् स्थापना दिवस ।

आजको बार बेला ।  
बिहान ०६ बजेर ५८ मिनेटसम्म चर बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखी बिहान ८ बजेर १६ मिनेटसम्म लाभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखी बिहान ९ बजेर ३४  मिनेटसम्म अमृत बेला ।
बिहान ०९ बजेर ३५ मिनेटदेखी बिहान १० बजेर ५२ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर ५३ मिनेटदेखी मध्यान्ह १२ बजेर ११ मिनेटसम्म शुभ बेला ।
मध्यान्ह १२ बजेर ११ मिनेटदेखी दिउसो १ बजेर २९ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर ३० मिनेटदेखी दिउसो २ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ४८ मिनेटदेखी बेलुकी ४ बजेर ०५ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर ०६ मिनेटदेखी बेलुकी ७ बजेर ०५ मिनेटसम्म रोग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।राहुकाल
बिहान १० बजेर ५२ मिनेटदेखी दिउसो १२ बजेर १० मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ  ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

पढाइ लेखाइमा मन नजाने हुनाले प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । सत्रु लाग्ने तथा न्यायिक निर्णयहरु तपाईंको पक्षमा नहुने हुनाले मुद्दा मामिलामा सामेल नहुनुहोला । पाईला पाईलामा बाधा तथा अवरोध गर्नेहरु प्रसस्त भेटिने हुँदा सजक रहनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाजहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि,पशुपालन,बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडी बढ्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । घरपरिवारका सदस्य वा आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढेर जानेछ । यन्त्र तथा उपकरणको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक काममा दिन बित्ने योग रहेको छ । राजनीति तथा सामाजिक काममा समर्थन भन्दा आलोचना बढी हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

तर्क र बहसमा तपाईँको पकड गतिलो रहनेछ भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछ । परिवानजनको सहयोगले दिन उत्साहपुर्वक वित्नेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु सम्पादन हुनेछन् । सानो लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्रा हुने योग रहेकोछ । बिग्रन लागेको काम बन्नाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

आर्थिक तथा बौद्धिक क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले मान तथा सम्मान दिलाउनेछ । बोलिको प्रभाव बढ्ने हुँदा समर्थक तथा प्रशंसक बढ्नेछन् । पारिवारिक माहोलमा सहभागी भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण थप मजभुत हुनेछ भने घर परिवारमा एक अर्काबिच आत्मियताको भाव झल्कनेछ । अध्यानमा मन जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुशि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न गाह्रो महशुष हुनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायबाट आम्दान गर्न केही समय पर्खनु पर्नेछ । माया प्रेममा धोका हुने तथा घर परिवारमा आफन्तसँग घरायसी कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि काम तथा अध्ययनको शिलशिलामा विदशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यावसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउने समय रहेको छ । माया प्रममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य बिवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । चिठ्ठा तथा उपाहार प्राप्तिको योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईँबाट राम्रा काम हुनाले पिता, परिवार वा वंशकै मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । सन्तानले उन्नति र प्रगति गर्नेछन् । दृढ इच्छाशक्तिका कारण शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुनेछ । गरेको कर्ममा भाग्य थता समयले साथ दिनेछ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । सामाजिक गतिविधि, परोपकारी काम र दान धर्ममा समय व्यातित हुनेछ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका भनेजस्तो नतिजा हात लाग्ने हुनाले मन प्रशन्न हुनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ । धर्म तथा सस्कृतिको बचाउमा समय खर्चनु पर्ने हुन सक्छ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । समाजसेवामा मन जाने तथा मान सम्मानमा बृद्धि हुने योग रहेकोछ । सामाजिक काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन  । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्नसक्ने  सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया