संसद विघटनविरुद्ध माडीमा विद्यार्थीले प्रधानमन्त्रीको पुत्ला जलाए

चितवन । असंवैधानिक ‘कु’ विरुद्ध चितवनको माडीमा नेकपाका प्रचण्ड–नेपाल निकटका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलाीको पुत्ला जलाएका छन् । संसद पुर्नस्थापानाको माग राख्दै माडीमा अनेरास्ववियुको केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत माडी क्याम्पस आगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

कार्यक्रममा विद्यार्थी नेता मिलन पनेरुले ससंद पुनर्स्थापना गर्नु पर्ने, नेकपालाई सुदृढीकरण गर्दै लैजानु पर्ने बताए । पुत्ला दहन गर्दै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै संसद विघटन फिर्ता लिन माग गरेका थिए । संसद विघटनको निर्णय खारेज नभए विद्यार्थीहरुले देशभर अझ शसक्तरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया