२२ सय ४ बिन्दु नाघेर केही घटेपनि नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा

काठमाडौं । सेयर बजार कारोबार मापन नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन विहीबार नेप्से परिसूचक १५ दशमलव ९१ अंकले बढेर २१ सय ९४ दशमलव ४९ अंकमा पुगेको हो ।

यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो ।

विहीबार कारोबार रकमसमेत बढेको छ । ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँको कारोबार भएको यस दिन निर्जीवन बीमा समूह सर्वाधिक १ सय ४४ दशमलव ८६ अंकले बढेको छ ।

१२ मध्ये ११ वटा समूहमा हरियाली छाएकोमा उत्पादन समूह १ सय १५ दशमलव ८३, व्यापार समूह १ सय १२ दशमलव ६१, लघुवित्त समूह ४६ दशमलव ५३, जीवन बीमा समूह ३८ दशमलव ८५ र बैंकिङ समूह १३ दशमलव ०४ अंकले बढेको छ ।

नेप्से परिसूचकले एक समय २२ सय ४ बिन्दु नाघेपनि त्यसपछी केही घटेर बजार बन्द हुँदा २१ सय ९४ दशमलव ४९ अंकमा कायम भएको हो ।

यो दिन प्रभु बैंकको सेयर सबैभन्दा धेरै ३१ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ४४ लाख चिलिमे हाइड्रोपावरको २४ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३ लाख, एनआईसी एसिया बैंकको सेयर २२ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ ।

विहीबार, मल्टीपर्पस फाइनान्स, आईएमई जनरल इन्स्योरेन्स, मिर्मिरे लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया