ओप्पाे माेबाइलकाे मूल्य घट्याे

काठमाडाैं । प्राविधिक ब्राण्ड ओपोले केही समय अगाडी मात्र सार्वजनिक गरेको ह्याण्डसेट ओपो ए१२ ३जीबीलाई नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले रु. १८ हजार ५ सय ९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५ सय ९०मा उपलब्ध गराएको हो ।

नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ । सन् २०२०को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ ।

यसमा ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले उपलब्ध छ । फोनको पिक्सेल डेन्सिटी २ सय ७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । फोनको स्क्रिन टू बडी रेशियो ८९% छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, ईन-सेल, २.५डी कभ्र्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री रहेकाे छ ।

ओपो ए१२ ३जीबीमा रहेका क्यामेराको कुरा गर्दा यसमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध गरिएको छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.०एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधिपनि उपलब्ध गरिएका छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । त्यसैगरी, सेल्फीका लागि फोनमा ५एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको कम्पनीले जनाएकाे छ ।

यसैगरी ओपो ए१२, २.३ जीएचजेडमा क्ल्क्ड गरिएको ८ कोर्सको मिडियाटेक हेलियो पी३५ (एमटी६७६५भी/सीबी) चिपसेटबाट सञ्चारित छ । फोनमा ३जीबी र्याम र ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध छ । प्रयोकर्ताले अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् ।

प्रतिक्रिया